गुल्मी । रुरु हाइड्रोपावर परियोजनाले गुल्मीको हुग्दी खोलामा १० हजार भुरा माछा छोडेको छ । परियोजनाले जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर स्थित हुग्दी खोलामा उक्त संख्यामा माछाका भुरा छाडेको हो ।
पछिल्लो समय विभिन्न कारणले खोलामा माछाको संख्यामा पनि कमी हुँदै गएको छ । परियोजनाले सामाजिक उत्तरदायित्व स्वरुप भुरा माछा छोडेको जनाएको छ ।
रुरु हाइड्रोपावर परियोजनाले गरेको यो कार्यले पर्यावरण जोगाउन मद्दत हुने चन्द्रकोट गाउँपालिकाले विश्वास लिएको छ । हुग्दी खोलामा जाल हान्ने, विषादी प्रयोग गरी माछा मार्ने, तथा करेन्ट हान्ने जस्ता गतिविधिहरु नगर्न गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।
