२०८३ भाद्र २७ गते शनिवार

images

एलन मस्कले दिए डोनाल्ड ट्रम्पलाई १० अर्ब रुपैयाँभन्दा धेरै सहयोग

एलन मस्कले दिए डोनाल्ड ट्रम्पलाई १० अर्ब रुपैयाँभन्दा धेरै सहयोग

सहर्ष न्युज
बिहिवार, कार्तिक १ २०८१
सहर्ष न्युज
बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौं ।  विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन् ।

    एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिएको बीबीसीले जनाएको छ ।

    अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाएको छ । यस्तै चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छिन ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend