२०८३ श्रावण ११ गते सोमवार

images

विश्वव्यापी वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन सक्ने आईएमएफको चेतावनी

विश्वव्यापी वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन सक्ने आईएमएफको चेतावनी

सहर्ष न्युज
मंगलवार, आश्विन २९ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन २९ २०८१
  • एजेन्सी। आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन सक्ने चेतावनी दिँदै मंगलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ ।

    वित्तीय नीति सम्बन्धी पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्यांक कोभिड–१९ महामारी आउनुभन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो ।

    त्यसैले सन्तुलन कायम गरी ऋणको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मझभुत गराउनु पर्ने समय आएको उनले बताएका छन् ।आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्यांकन गर्न नयाँ ऋण–मा–जोखिम दृष्टिकोण प्रस्तुत गरेको छ । प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ । यो तथ्यांक कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो ।

    प्रतिवेदनले “विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतार चढाव निम्त्याउँने जनाउदै ऋणको उच्च स्तरले अरूका लागि “सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ ।

    अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने उपयुक्त समय भएको आईएमएफले जनाएको छ ।विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३–४.५ प्रतिशतको बीचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ जुन विगतका समायोजनहरूको आकार भन्दा लगभग दोब्बर हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend