२०८३ श्रावण ११ गते सोमवार

images

बमको धम्कीका कारण 'एयर इन्डिया'को विमान दिल्लीतर्फ 'डाइभर्ट'

बमको धम्कीका कारण 'एयर इन्डिया'को विमान दिल्लीतर्फ 'डाइभर्ट'

सहर्ष न्युज
सोमवार, आश्विन २८ २०८१
सहर्ष न्युज
सोमवार, आश्विन २८ २०८१
  • नयाँ दिल्ली । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको 'एयर इन्डिया'को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई एयरपोर्टले 'एक्स'मा न्यूयोर्क जाने उडानमा बमको धम्कीको बारेमा सन्देश प्राप्त गरेको थियो। यो सन्देश दिल्लीका सुरक्षा एजेन्सीहरूलाई पठाइए लगत्तै विमानलाई दिल्लीतर्फ लैजान आग्रह गरिएकाे हाे । त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा साे विमान अवतरण गरिएको छ। विमानमा सवार सबै यात्रु सकुशल छन्।

    यस्तै, प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

    यसैगरी, एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि 'जेकेएफ' विमानस्थलका लागि उडेको 'एआई-११९' को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend