२०८३ श्रावण १२ गते मंगलवार

images

विद्युत व्यापारका लागि बंगलादेशसँगको सम्झौता पछि चीनसँग कुरा गर्दै उर्जा मन्त्रालय

विद्युत व्यापारका लागि बंगलादेशसँगको सम्झौता पछि चीनसँग कुरा गर्दै उर्जा मन्त्रालय

सहर्ष न्युज
सोमवार, आश्विन २१ २०८१
सहर्ष न्युज
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौं । बंगलादेशसँग विद्युत व्यापार संझौता पछि विद्युत व्यापारका लागि चीनसँग कुरा गर्न थालेका छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका हुन् ।

    मन्त्रालयमा मन्त्री र सचिवका बिचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको बताए । उनले चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको पनि जानकारी दिए ।

    उनले अन्य छिमेकी राष्ट्रले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गरेको बताए ।

    चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको बताउँदै उनले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

    मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत्ः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नुनहुने बताए ।

    जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडालिटी बनाउनुपर्ने उनको भनाई छ । पैसा नहुनेले पनि जलविद्युतमा लगानी गर्नसक्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend