२०८३ भाद्र २७ गते शनिवार

images

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढेर दुई सय ४४ जना पुग्यो, १९ जना अझै बेपत्ता

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढेर दुई सय ४४ जना पुग्यो, १९ जना अझै बेपत्ता

सहर्ष न्युज
आइतवार, आश्विन २० २०८१
सहर्ष न्युज
आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । हालै आएको अबिरल बर्षापछिको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या बढिरहेको छ । तीनजना थपिएर मृत्यु हुनेको संख्या दुई सय ४४ जना पुगेको छ । त्यसैगरी बाढी पहिरोमा परी एक सय ७९ जना घाइते भएका छन् ।

    बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

    बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको पनि मन्त्रालयले जनाएको छ ।
    विपद् र मृत्यु भएका परिवारलाई सरकारले दिने क्षतिपुर्ति कोषमा सहयोग दाताहरुले धमाधम सहयोग गरिरहेका छन् ।

    सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

    बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको मन्त्रालयको भनाई छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend