२०८३ भाद्र २८ गते आइतवार

images

हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक आजबाट सञ्चालन हुने

हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक आजबाट सञ्चालन हुने

सहर्ष न्युज
आइतवार, आश्विन २० २०८१
सहर्ष न्युज
आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आज आइतबारबाट सञ्चालन हुनेभएको छ । सो बाटो गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको थियो ।

    हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो ।

    एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पु¥याइएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सन बनाएर र महालक्ष्मी खोला नजिक तलबाट उठाएर सडक बनाएको उहाँको भनाइ छ । ‘‘अहिले पनि सवारी साधन चलाउन सकिन्छ तर जोखिम हुने भएकोले आइतबार साँझबाट मात्र चलाउने तयारीमा छौँ’’, उहाँले भन्नुभयो ।

    हेटौँडाबाट कुलेखानी ड्यामसम्म सवारी र फाखेलबाट फर्पिङतर्फ सडक सुचारु रहेको छ । उहाँका अनुसार सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकसमेत सोमबारबाट सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।

    मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको सडक अवरुद्ध भएसँगै बागमती प्रदेश सरकारले सडक सुचारु गर्न उच्च प्राथमिकतामा राखेर कामगर्दै आएको थियो ।

    दसैँ सुरु भइसकेकोले सडक सञ्चालन गर्नैपर्ने बाध्यतामा कारण पनि आइतबारबाट यातायात सुचारु गर्न लागेको निर्देशक पोखरेलले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend