२०८३ श्रावण ११ गते सोमवार

images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख रुपियाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख रुपियाँ सहयोग

सहर्ष न्युज
आइतवार, आश्विन २० २०८१
सहर्ष न्युज
आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ सहयोग गरेको छ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

    सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ।

    असोज ११ र १२ गते देशका विभिन्न भू(भागमा आएको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्‍याउन संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको कोषले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend