२०८३ श्रावण ११ गते सोमवार

images

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा आयोजना हुने

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा आयोजना हुने

सहर्ष न्युज
शुक्रवार, आश्विन १८ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौं । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ । त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् । शुक्रवार जनसंख्या अध्ययन केन्द्रीय विभागले पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ देखि १५ गतेसम्म छैटौं एशियाली जनसंख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो ।

    ८ सय बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनमा एशियाका विभिन्न देशका जनसंख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर करिव ४ सय भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्ने भएका छन् । मुख्य रुपमा विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतिहरु आदिमा केन्द्रित रहेर कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।

    सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताए ।

    विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपाल जस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताए ।

    जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको जनसंख्या अध्ययन केन्द्रीय विभागले बताएको छ । नेपालको विकासका एजेण्डालाई थप प्रवर्द्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा सम्मेलनले गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend