२०८३ भाद्र २८ गते आइतवार

images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं १ लाख धरौटीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं १ लाख धरौटीमा रिहा

सहर्ष न्युज
बुधवार, आश्विन १६ २०८१
सहर्ष न्युज
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं ।  बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले  एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।  प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको थियो । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो ।

    तर ती दुवै मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई धरौटीमा छाडेको हो । प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । यता प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

    सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि सोमबार सुनुवाइ रहेको सो मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको थियो। प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend