२०८३ श्रावण ११ गते सोमवार

images

पानीजन्य रोगको जोखिम बढ्ने भन्दै सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोआग्रह

पानीजन्य रोगको जोखिम बढ्ने भन्दै सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोआग्रह

सहर्ष न्युज
आइतवार, आश्विन १३ २०८१
सहर्ष न्युज
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्नुहुँदै प्राकृतिक विपद्का बेला प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरूको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गर्नुभएको हो ।

    उहाँका अनुसार यो मौसममा पानीजन्य रोग जस्तै झाडापखाला, हैजा र कीटजन्य रोगमा डेंगु, मलेरियाको जोखिम बढ्ने गर्छ । यस्ता रोगको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने आग्रह गर्नुभयो । साथै सरोकारवाला निकायलाई सतर्कता अपनाउनुहुन पनि उहाँले आग्रह गर्नुभयो ।

    साथै आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै पनि समस्याको बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । आपत्कालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन न १०२ मा सम्पर्क गर्न मन्त्रालयको अनुरोध छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend