२०८३ भाद्र २७ गते शनिवार

images

सस्तो टिकटमै तीन दिन यात्रु उडाउने एयरलाइन्स कम्पनीको निर्णय

सस्तो टिकटमै तीन दिन यात्रु उडाउने एयरलाइन्स कम्पनीको निर्णय

सहर्ष न्युज
आइतवार, आश्विन १३ २०८१
सहर्ष न्युज
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । अविरल वर्षाले सिर्जना गरेको स्थितिलाई लिएर   आन्तरिक उडानमा टिकटको मूल्य नबढाउने निर्णय एयरलाइन्स कम्पनीहरुले गरेका छन् । एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् ।

    ३ दिन नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् ।

    यसअनुसार अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बिक्री गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

    एयरलाइन्स कम्पनीहरुले प्राधिकरणले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए । तर, भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend