२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • गण्डकीस्तरीय स्वास्थ्य कार्यक्रममा अजिरकोट गाउँपालिका तेस्रो...

गण्डकीस्तरीय स्वास्थ्य कार्यक्रममा अजिरकोट गाउँपालिका तेस्रो स्थानमा

गण्डकीस्तरीय स्वास्थ्य कार्यक्रममा अजिरकोट गाउँपालिका तेस्रो स्थानमा

सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
  • सुष्मा सापकोटा, गोरखा । अजिरकोट गाउँपालिका आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । गण्डकी प्रदेश स्तरीय स्वास्थ्य सम्बन्धित समिक्षमा तेस्रो स्थान हालिस गर्न सफल भएको छ ।

    गण्डकी प्रदेशभरका गाउँपालिकामा अजिरकोट गाउँपालिकाले ८२.३ प्रतिशत अंक प्राप्त गरी तेस्रो स्थानमा पर्न सफल भएको हो । 

    Ajirkot Gaupalika Swasthya Programme 2.jpg

    एक भब्य कार्यक्रमका बीच उक्त गाउँपालिकाका अध्यक्ष अध्यक्ष दीपक देवकोटाले तेस्रो स्थान प्राप्त गर्न सफल भएको सम्मानपत्र ग्रहण गर्नुभएको थियो । 

    स्मरणीय त के छ भने स्थानीयस्तरबाट गरिने स्वास्थ्य तथा विकास निर्माणका कार्यहरुमा समेत यो गाउँपालिका अगाडी रहेको छ । केही समय अघिमात्र यो गाउँपालिकाको भच्चेक आधारभूत अस्पतालले गोरखाले जिल्लाको स्थानिय निकायद्वारा सञ्चालित २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा प्रथम स्थान हालिस गर्न सफल भएको थियो ।

    Ajirkot Gaupalika Swasthya Programme 1.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend