२०८३ भाद्र २८ गते आइतवार

images

गोरखाको अजिरकोटमा उत्पादित अकबरे खुर्सानी हङकङ पठाइदै

गोरखाको अजिरकोटमा उत्पादित अकबरे खुर्सानी हङकङ पठाइदै

सहर्ष न्युज
बुधवार, आश्विन ९ २०८१
सहर्ष न्युज
बुधवार, आश्विन ९ २०८१
  • सहर्ष न्युज, गोरखा । गोरखाको अजिरकोट गाउपालिकामा अकबरे खुर्सानीको व्यवसायिक उत्पादन भइरहेको छ । सो गाउँपालिकामा उत्पादित अकबरे खुर्सानी नेपाली बजारको साथै निर्यातसमेत हुन थालेको छ । 

    स्थानीय कालिका कृषि सहकारी संस्थाले अकबरे खुर्सानी निर्यातको तयारी गरेको छ । बजारको मागअनुसार खुर्सानी टिपेर ग्रेडिङ गरी हङकङ पठाउने तयारी गरेको उक्त सहकारीले जानकारी दिएको छ । 

    Akabare Khursani Pack.jpg

    यसरी निर्यात गर्दा नेपालको ग्रामीण भेगमा उत्पादित अर्गानिक अकबरे खुर्सानीको स्वाद हङकङमा रहेका नेपालीले लिन सक्ने भएका छन् ।
    यसबाट सहकारीलाई आर्थिक आम्दानी हुनका साथै थोरै भएपनि सरकारको निर्यात प्रबर्द्धन नीतिमा सघाउ पुग्ने विश्वास गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend