२०८३ भाद्र २७ गते शनिवार

images

भारतमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सातजनाको मृत्यु

भारतमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सातजनाको मृत्यु

सहर्ष न्युज
बुधवार, आश्विन ९ २०८१
सहर्ष न्युज
बुधवार, आश्विन ९ २०८१
  • दमोह, भारत । भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्शालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

    जिल्लाको ‘देहट’ (ग्रामीण) प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने सामन्ना गाउँ नजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई थप उपचारका लागि जबलपुर लगिएको एक प्रहरी अधिकारीले भन्नुभयो ।

    “दमोह जिल्लाको सामन्नामा १० जना बोकेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जबलपुर मेडिकल कलेज लगिएको छ”, दमोहका प्रहरी उपरीक्षक ९एसपी० श्रुतकीर्ति सोमवंशीले बताउनुभयो ।

    “अहिलेसम्म हामी घटनास्थलमा ट्रक र अटोको ठक्करको निशान जाँच गरिरहेका छौँ । होसमा आएपछि घाइतेको बयान लिइने छ । त्यसपछि दुर्घटनाको कारण पत्ता लगाउन सक्नेछौँ । ट्रकको चालक हाम्रो हिरासतमा छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

    यसैबीच, कलेक्टर सुधीर कुमार कोचरले भन्नुभयो, “एक लापरवाह ट्रकले अटोरिक्सालाई  ठक्कर दियो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने  तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल ल्याइएको थियो र प्राथमिक उपचार पछि उनीहरूलाई  थप उपचारका लागि जबलपुर लगिएको छ ।”

    मुख्यमन्त्री मोहन यादवले पीडितलाई आवश्यक आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।

    मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो,“दमोह जिल्लाको दमोह–कटनी राज्य राजमार्गमा ट्रक र अटो ठोक्किँदा धेरैको ज्यान गएको खबर सुन्दा दुःख लागेको छ । यसमा लापरवाही गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिइएको छ । यो भयानक सडक दुर्घटना हो ।” एएनआई, रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend