काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले अध्यादेशमार्फत सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्नुभएको हो।
यसअघि राष्ट्रपति पौडेलले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ तथा सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ पनि जारी गरिसक्नुभएको थियो।
