२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • चार वर्षमा १३४ उच्च कर्मचारीविरुद्ध भ्रष्टाचार...

चार वर्षमा १३४ उच्च कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, ३१ अर्बभन्दा बढी बिगो दाबी (सबैको नामसहित)

चार वर्षमा १३४ उच्च कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, ३१ अर्बभन्दा बढी बिगो दाबी (सबैको नामसहित)

सहर्ष न्युज
बुधवार, बैशाख ९ २०८३
सहर्ष न्युज
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पछिल्ला चार वर्षमा उच्च तहका १३४ जना कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको जनाएको छ।

    आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको अवधिमा मुख्यसचिवदेखि सहसचिव तहसम्मका कर्मचारीविरुद्ध विशेष अदालत मा मुद्दा चलाइएको हो। यस अवधिमा राजनीतिक पदाधिकारी, जनप्रतिनिधि तथा अन्य कर्मचारीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।

    आयोगका अनुसार विभिन्न मन्त्रालय, विभाग, प्राधिकरण, अस्पताल, निगम तथा अन्य सरकारी निकायमा कार्यरत उच्च अधिकारीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको हो। केही आरोपितले सफाइ पाएका छन् भने केही मुद्दा विशेष अदालतदेखि सर्वोच्च अदालत सम्म विचाराधीन छन्।

    चार वर्षको अवधिमा आयोगमा एक लाख ६६ हजार ५२० उजुरी परेका छन्, जसमध्ये ७३.२३ प्रतिशत अर्थात् एक लाख २१ हजार ९४३ उजुरी फर्छ्योट गरिएको छ। यस क्रममा ७९८ वटा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

    दायर मुद्दामा ४ हजार ६६२ जनालाई प्रतिवादी बनाइएको छ भने ३१ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। तीमध्ये करिब ५५ प्रतिशत मुद्दामा कसुर स्थापित भएको छ। कसुर स्थापित नभएका ७१९ मुद्दामा आयोगले पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ, जसमध्ये केहीमा कसुर ठहर भइसकेको छ।

    प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको टोलीले २०७७ माघ २१ गतेदेखि कार्यभार सम्हालेपछि उजुरी, फर्छ्योट र मुद्दा दायरको संख्या क्रमशः बढ्दै गएको देखिएको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २८ हजार ४१६ उजुरी परेकोमा १२१ मुद्दा दायर भई ४२९ जनालाई प्रतिवादी बनाइएको छ। यस अवधिमा करिब ४८.८५ प्रतिशत मुद्दामा कसुर स्थापित भएको छ।

    यसैगरी अघिल्ला आर्थिक वर्षहरूमा पनि उजुरी र मुद्दाको संख्या उच्च रहेको आयोगले जनाएको छ। आव २०७८/७९ मा २४ हजारभन्दा बढी उजुरी, १३१ मुद्दा र ६३९ प्रतिवादी, आव २०७९/८० मा २८ हजारभन्दा बढी उजुरी, १६१ मुद्दा र ७६६ प्रतिवादी तथा आव २०८०/८१ मा ३६ हजारभन्दा बढी उजुरी, २०१ मुद्दा र १,५४५ प्रतिवादी कायम गरिएको तथ्यांकमा उल्लेख छ।

    आयोगले यस अवधिमा विभिन्न संघीय तथा प्रदेश मन्त्रालय, विभाग, स्थानीय तह, नियामक निकाय, अस्पताल, विकास आयोजना, निगम तथा प्राधिकरणमा कार्यरत उच्च तहका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको जनाएको छ।

    भ्रष्टाचार मुद्दा चलाएका उच्च कर्मचारीहरू

    डा. बैकुण्ठ अर्याल, रामकुमार श्रेष्ठ नेपाल, शंकरप्रसाद अधिकारी, सञ्जय शर्मा, छविराज पन्त, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, केदारबहादुर अधिकारी, रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्य, सूर्यप्रसाद आचार्य, मधुकुमार मरासिनी, मुकुन्दप्रसाद पौडेल, जितबहादुर थापा, लालमणि जोशी, सुरेन्द्रबहादुर थापा, चूडामणि शर्मा, रामप्रसाद घिमिरे, मधुकरप्रसाद राजभण्डारी, केशरबहादुर बानियाँ, संगीताकौशल मिश्रा, मुक्तिनारायण पौडेल, झलकराम अधिकारी, रितेशकुमार शाक्य, बैकुण्ठ अधिकारी, इश्वरचन्द्र मरहट्टा, यामप्रसाद भुसाल, प्रेमकुमार श्रेष्ठ, डा. नम्रता सिंह ,इमनारायण श्रेष्ठ, उमेश ढुंगाना, वसन्तराज गौतम, तिर्थराज भट्टराई, शिवराज सेढाइँ, प्रहलादप्रसाद वर्णवाल, प्रदीप परियार, रुद्रसिंह तामाङ, टंकप्रसाद पाण्डेय, विकल पौडेल, प्रणिता पाध्याय, सुनिल पौडेल, डा. बलराम थापा क्षेत्री, डा. श्रवणकुमार थापा, सञ्जयकुमार ठाकुर, लालबाबु गिरी, लुम्बध्वज महत, कान्तुराम पनेरु, पल्टु राना, गोपाल रसाइली, नेत्रप्रसाद जोशी, धिराज रेग्मी, चन्द्रबहादुर अधिकारी, सूर्यप्रसाद सिलवाल, दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, ललित ताम्राकार, प्रदिप अधिकारी, बाबुराम पौैडेल, विनेश मुनन्कर्मी, ज्ञानेन्द्र गिरी, प्रा. संगितासिंह भण्डारी, सुमनकुमार श्रेष्ठ, रोशन चित्रकार, ऋषिकेश शर्मा, महेन्द्रसिंह रावल, लैनबहादुर थापा, बलराम ठाकुर, घनश्याम खतिवडा, घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कँडेल, डा. मिलनकुमार थापा, रामकृष्ण तिमल्सेना, नवलकिशोर शाह, महेशप्रसाद काफ्ले, अमूल प्रधान, राजुकुमार खत्री, आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, विजयकुमार राय, डा. सागर पन्थी, नेत्रबहादुर भण्डारी, देवेन्द्र खतिवडा, प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, संगिता अर्याल, झविन्द्रलाल उपाध्याय, प्रा. रविन्द्रनाथ श्रेष्ठ, धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, चन्द्रबहादुर थापा, त्रिरत्न मानन्धर, सतीशचन्द्रलाल सुमन, संञ्जिव गौतम, राजन पोखरेल, सुगतरत्न कंसाकार, सुरेन्द्रकुमार पौैडेल डा. बोम बिसी, छविरमण अधिकारी, उमेशप्रसाद ढकाल, डा. प्रदीप ढकाल, प्रदिपबहादुर कर्माचार्य

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend