काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सदस्यीय सचिवालय बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सचिवालयको निर्णय अनुमोदन गर्दै पार्टी संरचनामा नयाँ मनोनयन तथा लेवी परिमार्जनलाई स्वीकृति दिएको हो।
सभापतिको प्रस्तावमा थप एक महामन्त्रीका रूपमा भुपदेव साहलाई मनोनयन गरिएको छ भने सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई गरिएको मनोनयन केन्द्रीय समितिले अनुमोदन गरेको छ।

त्यसैगरी, पार्टीको लेवी परिमार्जनसम्बन्धी सचिवालय बैठकको निर्णय पनि केन्द्रीय समितिले पारित गरेको छ। नयाँ व्यवस्था अनुसार सांसद, मन्त्री र स्वकीय सचिवको लेवी निर्धारण गरिएको छ।
नयाँ व्यवस्था अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले लेवीदर परिमार्जन गरेको छ। सो अनुसार सांसदले मासिक रु. १५ हजार मन्त्रीले रु. १८हजार र स्वकीय सचिवले रु. २ हजार लेवी तिर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त निर्णय सचिवालय बैठकले गरेको र केन्द्रीय समितिले अनुमोदन गरेको जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्यहरू
रवि लामिछाने – सभापति
स्वर्णिम वाग्ले – उपसभापति
कविन्द्र वुर्लाकोटी – महामन्त्री
भुपदेव साह – महामन्त्री
विपिन आचार्य – सहमहामन्त्री
लिमा अधिकारी – कोषाध्यक्ष
वसु माया तामाङ – सहकोषाध्यक्ष
मनिष झा – प्रवक्ता
गणेश पराजुली – सचिवालय सदस्य
दिपक बोहरा – सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ – सचिवालय सदस्य
शिशिर खनाल – सचिवालय सदस्य
सोभिता गौतम – सचिवालय सदस्य
हरि ढकाल – सचिवालय सदस्य
सागर ढकाल – सचिवालय सदस्य
सरिता श्री ज्ञवाली – सचिवालय सदस्य
बैठकले संगठनात्मक संरचना सुदृढ बनाउने र पार्टी गतिविधिलाई व्यवस्थित गर्ने उद्देश्यसहित यी निर्णयहरू गरेको जनाएको छ।
