२०८३ श्रावण ११ गते सोमवार

images

सोमबारसम्म स्ट्रेट अफ हर्मुज खुला गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

सोमबारसम्म स्ट्रेट अफ हर्मुज खुला गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सोमबार सम्मको समयसीमा दिँदै महत्वपूर्ण स्ट्रेट अफ हर्मुज खुला गर्न चेतावनी दिएका छन् ।

    तेहरानले उक्त चेतावनीलाई असन्तुलित र मूर्खतापूर्ण भन्दै प्रतिक्रिया दिएको छ। यसैबीच, इरानको दुर्गम क्षेत्रमा हराइरहेका एक अमेरिकी सैन्य पाइलटको खोजी शनिबार पनि जारी रहेको छ।

    ट्रम्पले जारी युद्ध हाल छैटौँ हप्तामा आईपुग्दा  तेहरानलाई पूर्ण रूपमा पराजित र ध्वस्त बनाइएको दाबी गरेका छन्। तर शुक्रबार दुई अमेरिकी युद्धक विमान खसालिनु र इरानले दुश्मन पाइलटको खोजी गर्न आह्वान गरेपछि तनाव पुनः बढेको छ।

    इरानको संयुक्त सैन्य कमान्डसँग सम्बद्ध जनरल अलि अब्दोल्लाह अलियबादीले शनिबार राति ट्रम्पको चेतावनीको जवाफ दिँदै यदि इरानको पूर्वाधारमा आक्रमण गरियो भने तपाईंका लागि नरकका ढोका खुल्नेछन् भनेर चेतावनी दिएका छन्।

    उनले क्षेत्रभर रहेका अमेरिकी सैन्य पूर्वाधारहरूलाई पनि निशाना बनाइने धम्की दिएका छन् जसलाई सरकारी सञ्चारमाध्यमहरूले उद्धृत गरेका छन्।

    यो युद्ध फेब्रअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको हो र यसले हजारौँ मानिसको ज्यान लिइसकेको छ। साथै, यसले विश्वव्यापी बजारमा अस्थिरता ल्याएको छ ।  प्रमुख जलमार्गहरू अवरुद्ध गरेको र इन्धनको मूल्य उच्च बनाएको छ।

    दुवै पक्षले नागरिक क्षेत्रलाई समेत निशाना बनाएको आरोप लाग्दै आएको छ जसले सम्भावित युद्ध अपराधबारे चिन्ता बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend