२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीको अध्यक्षमा कमलपति...

डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीको अध्यक्षमा कमलपति शर्मा

डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीको अध्यक्षमा कमलपति शर्मा

सहर्ष न्युज
आइतवार, भाद्र ३० २०८१
सहर्ष न्युज
आइतवार, भाद्र ३० २०८१
  • पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् ।

    पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शर्माले १ सय २८ मत पाउँदा निकटतम् प्रतिस्पर्धी शिवराज वाग्लेले १ सय मत पाए ।

    उपाध्यक्षमा कृष्णकुमारी गुरुङ निर्वाचित भइन् । उनले माधवी पाण्डेलाई पराजित गरेकी हुन् । गुरुङले १ सय ३१ मत ल्याउँदा पाण्डेले ९८ मत पाइन् । सचिवमा सन्तोषमणि लामिछाने १ सय ३५ मतसहित विजयी हुँदा सन्तोष अधिकारीले ९० मत पाए ।

    कोषाध्यक्षमा विनोद पौडेल निर्वाचित भए । उनले गीता लामिछानेलाई २५ मत अन्तरले हराए । पौडेलको १ सय २५ मत ल्याएका हुन् ।

    सदस्यमा विशाल गुरुङ, सरिता तिमिल्सिना पंगेनी, बाबुराम कोइराला, दीपकराज पौडेल, वसन्तराम अधिकारी, भोलानाथ तिवारी, उज्ज्वलशंकर सापकोटा, भुवानीप्रसाद बराल र नितेश बराल चयन भए ।

    संस्थाको १५ औं साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलहरुबीच संविधान संशोधनको छलफल चलिरहँदा कानून व्यवसायीहरुले देशको अवस्था अनुसार सुझाव दिनुपर्ने र बहस चलाउनुपर्ने बताए । उनले संघीयता जनताका लागि प्रभावकारी व्यवस्था भएकोले विरोध गर्नेहरुलाई कानून क्षेत्रका विज्ञहरुले नै भ्रम चिर्न सहयोग गर्नुपर्ने बताए । ‘संघीयताको जबर्जस्ती विरोध गराइएको छ । यसलाई चिर्न तपाईंहरुले नै सक्नुहुन्छ,’ उनले भने, ‘मेरो अनुभवमा संघीयता उन्नत व्यवस्था हो । यसलाई अझै कामयावी बनाउन सबैले सहयोग गर्नुपर्छ ।’

    जग्गा प्राप्ति, कर्मचारी र प्रहरीको समायोजनबिना संघीयताले सही उपलब्धि दिन नसक्ने भन्दै उनले तत्कालै समायोजनको समस्या टुंग्याउनुपर्ने बताए ।

    डिएलए कास्की अध्यक्ष कपिलमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णकुमारी गुरुङले गरेकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend