ई–आर्थिक, काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका तथा भच्चेक आधारभूत अस्पताल प्रथम स्थानमा परेको छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय, गोरखाले जिल्लाको स्थानिय निकायद्वारा सञ्चालित २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा अजिरकोट गाउँपालिकाले प्रथम हुन सफल भएको हो ।
स्वास्थ्य कार्यालय, गोरखाले अजिरकोट गाउँपालिकालाई प्रशंसापत्र प्रदान गरेको थियो ।
गाउँपालिकाको अविभावकत्वमा सञ्चालित अस्पतालमा कार्यरत कार्यरत स्वास्थ्यकर्मीको क्रियाशिलता र व्यवस्थापन समितिको असल व्यवस्थापनका कारण यो अस्पताल जिल्लामै चर्चित पनि छ ।
उक्त गाउँपालिकाले सञ्चालन गरेको आधारभूत अस्पताल व्यवस्थित रहेको भन्दै स्थानीयहरुले प्रशंसा गर्ने गरेका छन् । अस्पतालबाट दुुर्गम गाउँका टाढा–टाढाका सर्वसाधरणसमेतले स्वास्थ्य सेवा लिंदै आएका छन् ।
