२०८३ श्रावण ११ गते सोमवार

images

ललितपुर उद्योग बाणिज्य संघको पूर्वअध्यक्ष अग्रणी उद्योगपति केदारबहादुर अमात्यको निधन

ललितपुर उद्योग बाणिज्य संघको पूर्वअध्यक्ष अग्रणी उद्योगपति केदारबहादुर अमात्यको निधन

सहर्ष न्युज
शनिवार, भाद्र २९ २०८१
सहर्ष न्युज
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौं । नेपालका एक अग्रणी उद्योगपति केदारबहादुर अमात्यको निधन भएको छ । ललितपुर उद्योग बाणिज्य संघ र नेपाल तयारी पोशाक उद्योग संघका पूर्वअध्यक्ष समेत रहनुभएका अमात्य नेपाल उद्योग वाण्ज्यि महासंघका पूर्व कार्यसमिति सदस्य पनि हुन् ।

    ललितपुर उद्योग वाणिज्य संघमा उनी ७औं अध्यक्षको रुपमा वि.सं. २०४४–२०४९ सम्म रहेका थिए ।

    ८७ बर्षका अमात्य ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    उहाँको निधनको खबरले पुरै उद्योग वाणिज्य क्षेत्र स्तब्ध भएको छ ।

    ‘उद्योगपति अमात्यको निधनको खबरले नेपालको उद्योग वाणिज्य क्षेत्रमा ठूलो अपुरणीय क्षति भएको छ ।’ ललितपुरका युवा उद्योगी मनिषलाल प्रधानले भने– ‘उद्योग वाणिज्य क्षेत्रको स्थायित्व र विकासमा उहाँले पु¥याउनु भएको योगदान हामी कहिल्यै विर्सने छैनौं ।’

    उद्योगी प्रधानले यस दुखद् घडीमा शोकसन्तप्त परिवारजनमा परेको बज्रपातमा भगवानले सहने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गरे । साथै स्वर्गीय अमात्यको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    त्यसैगरी ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलगायतले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘अग्रणी उद्योगपति अमात्यको निधनले मर्माहत भएको भन्दै यस दुखद् घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना’ व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend