२०८३ श्रावण ११ गते सोमवार

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा सञ्चालनमा आउँदै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा सञ्चालनमा आउँदै

सहर्ष न्युज
शनिवार, भाद्र २९ २०८१
सहर्ष न्युज
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नयाँ शाखा उदयपुरको घुर्मीमा खुल्ने भएको छ । यही भदौं १६ गते सोमबारदेखि सञ्चालनमा ल्याउने गरी बैंकले सम्पूर्ण तयारी पुरा गरेको छ ।

    बैंकको यो नयाँ शाखा दुर्गमका जनता लक्षित शाखा हो ।

    उक्त शाखा उदयपुरको कटारी नगरपालिकामा पर्दछ । सो नगरपालिकाका ५ वटा वडाहरु (लिम्पटार, हर्देनी, सोरुङ्गछविसे, मयांखु र लेखानी) का २० हजार बढी सर्वसाधारणले नियमित लाभ लिन सक्नेछन् । त्यस्तै उक्त शाखा सञ्चालनमा आएपछि उदयपुरको अतिरिक्त सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताले समेत बैंकबाट प्राप्त हुने अत्याधुनिक वित्तीय सेवा प्राप्त गर्ने अवसर मिल्दैछ ।

    सो स्थानमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिकाको ४ वटा वडाहरु जस्तै टोक्सेल, हर्कपुर, थाक्ले, हिलेपानी, माझीगाउँ, सुनकोशी गाउँपालिकाका बल्खु, सिसेरी, मोलुङ, ङाजाजेरूङ्ग, सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको तीन वटा वडाहरु नागथान, साँखु, सालुके, सोल्पा, गैरीलाई समेट्ने योजना बनाएको छ । त्यसैगरी जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको गोपीटार, जोर्ती, जयरामघाट पारीलाई पनि बैंकले समेट्ने छ । 

    हालसम्म कुनै पनि बैंकको शाखा नरहेको उक्त ठाउँमा बैंक सञ्चालनमा आएपछि घुर्मी बजारमा तीन जिल्ला खोटाङ, ओखलढुंङ्गा र सोलुखुम्बुको नाका हुँदै हरेक दिन ओहोर दोहोर गर्ने २५० जति साना ठूला व्यापारी समेतले प्रत्यक्ष लाभ लिनेछन् ।     

    त्यसैगरी उक्त स्थानमा सडक डिभिजन कार्यालय, विद्यालय, पेट्रोल पम्प, होटलहरु, होलसेल पसल, हार्डवेयर, प्रहरी चौकीका साथै एनसेल लगायत केही निजी कार्यालयका शाखाहरु रहेको, नेपाल टेलिभिजनको शाखा समेत बन्दै गरेको छ । सो स्थानमा बैंकको नयाँ शाखा सञ्चालनसँगैै ती कार्यालयहरु वित्तीय सेवा लिन टाढा धाउनुपर्ने बाध्यता सँधैका लागि बन्द हुनेछ ।

    बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गरेर एटीएमलगायत सबै किसिमका अत्याधुनिक वित्तीय सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend