२०८३ श्रावण ११ गते सोमवार

images

आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै

आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ । 

    मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो ।

    निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ–दुबई उडान हुने भएको छ । यस्तै, दुबई–काठमाडौँ उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा हुनेछ ।

    निगमले फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुले यो सेवा लिन सक्ने बताइएको छ । यसका लागि टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन आग्रह गरिएको छ । निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।

    निगमले मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थिति तथा सुरक्षासम्बन्धी कारणले जुनसुकै समयमा उडान रद्द हुन सक्ने जनाएको छ।

    निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।

    निगमले मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थिति तथा सुरक्षासम्बन्धी कारणले जुनसुकै समयमा उडान रद्द हुन सक्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend