२०८३ भाद्र २७ गते शनिवार

images

राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने

राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने

सहर्ष न्युज
मंगलवार, भाद्र २५ २०८१
सहर्ष न्युज
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपादान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको हो ।

    राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब २० करोड, विकास बैङ्कमा २२ करोड ५० लाख र फाइनान्स कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ राख्न लागेको हो ।

    राष्ट्र बैङ्कले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि बैङ्क तथा वित्तीय संस्थाको मुद्दतीमा उक्त रकम राख्न लागेको हो ।

    मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजी कोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैङ्क तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend