अजिरकोट गाउँपालिका नयाँ शिक्षा प्रणालीमा समेत आफूलाइ अब्बल सावित गर्न अघि बढीरहेको छ ।
सुष्मा सापकोटा, गोरखा : अजिरकोट गाउँपालिका स्तरीय शैक्षिक मेला–२०८२ आज घ्याच्चोकस्थित धनशिरा माध्यमिक विद्यालयमा उद्घाटन गरिएको छ।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष दीपक देवकोटाले गर्नुभएको हो।
मेलामा अजिरकोट गाउँपालिकाभित्रका २२ सामुदायिक र १ संस्थागत गरी कुल २३ विद्यालय सहभागी भएका छन्। विद्यार्थीहरूले कला, संस्कृति, हस्तकला तथा परम्परागत सामग्रीहरूको आकर्षक प्रदर्शनी प्रस्तुत गरेका छन्।
गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको सृजनशीलता र प्रतिभा विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ। साथै, स्थानीय कला–संस्कृति तथा परम्परागत पहिचान संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




अजिरकोट गाउँपालिका नयाँ शिक्षा प्रणालीमा समेत आफूलाइ अब्बल सावित गर्न अघि बढीरहेको छ । शिक्षाको विकासले अरु विकासलाइ समेत सँगै लिएर आउने भएकाले शिक्षाका लागि शुक्ष्म ढँगले लागि परेको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले जानाकारी दिनुभयो ।
पालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि समिति बनाएर काम गर्ने गरेको उहाँले बताउनुभयो । छलफलबाट हुने निर्णयहरु सतप्रतिशत कार्यन्वयनमा आएका छन् उहाँले भन्नुभयो । नियमित पठपाठनसँगै विद्यार्थीका अतिरिक्त क्रियाकलापहरुलाइ पालिका स्तरीय बनाइ कार्यन्वयनका चरणमा रहेका छन् ।
तहगत र कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी शिक्षक पुरस्कार, शिक्षाका सरोकारवालाहरुसँगको अन्तरक्रिया, विज्ञान विषय र प्राविधिक धार विषयको व्यवस्थापन, शिक्षकहरुको तहगत, विषयगत र पेशागत क्षमता विकास कार्यक्रम, एकीकृत पाठ्यक्रम तालिम, शिक्षक, प्रधानाध्यापक क्षमता विकास कार्यक्रम, रनिङ शिल्ड, विभिन्न खेलकुद प्रतियोगिता, स्काउट व्यवस्थापन तालिम, वार्षिक शैक्षिक पात्रो निर्माण गरी कामहरु अघि बढेका छन् ।
प्राविधिक धार तर्फ सिटिइभिटीका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । निकट भविष्यमा अजिरकोट गाउँपालिकामा स्तातक तह तर्फको क्याम्पस स्थापना हुनेमा यस क्षेत्रका शैक्षिक सरोकारवालाहरुको अपेक्षा समेत रहेको छ ।
