२०८३ श्रावण ११ गते सोमवार

images

झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

सहर्ष न्युज
बिहिवार, माघ २३ २०८२
सहर्ष न्युज
बिहिवार, माघ २३ २०८२
  • झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापास्थित सम्पर्क कार्यालयमा तोडफोड भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्थापना गरिएको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड भएको हो।

    रास्वपाले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन्द्र साहलाई उम्मेदवार बनाएको छ। निर्वाचनको तयारीकै क्रममा रहेको कार्यालयमा तोडफोड भएपछि पार्टी कार्यकर्तामा चासो र आक्रोश देखिएको छ।

    घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कार्यालय रहेको घरको एउटा झ्यालको सिसा फुटेको छ।

    तोडफोड कसले र किन गर्‍यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend