२०८३ श्रावण ११ गते सोमवार

images

सुनचाँदीको मूल्यले फेरि तोड्यो कीर्तिमान, सुन तोलामा ३ लाख ३९ हजार नाघ्यो

सुनचाँदीको मूल्यले फेरि तोड्यो कीर्तिमान, सुन तोलामा ३ लाख ३९ हजार नाघ्यो

सहर्ष न्युज
बिहिवार, माघ १६ २०८२
सहर्ष न्युज
बिहिवार, माघ १६ २०८२
  • काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ।

    यसअघि बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ३०० रुपैयाँ रहेको थियो। त्यस्तै, गत मङ्गलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार ५६० अमेरिकी डलर र सेतो धातु (चाँदी) प्रतिऔँस १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सुनचाँदीको मूल्य लगातार बढ्दै जाँदा उपभोक्ता तथा व्यवसायी दुवै पक्षमा चासो बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend