२०८३ भाद्र २९ गते सोमवार

images

अफगानिस्तानमा नेटोका सैनिकहरूले गरेका बलिदान सम्मान योग्य छन् : ह्यारी

अफगानिस्तानमा नेटोका सैनिकहरूले गरेका बलिदान सम्मान योग्य छन् : ह्यारी

शनिवार, माघ ११ २०८२
शनिवार, माघ ११ २०८२
  • काठमाडौं। ड्युक अफ ससेक्स प्रिन्स ह्यारीले अफगानिस्तानमा नेटो सेनाले दिएको बलिदानबारे सत्यपूर्ण र सम्मानका साथ कुरा गरिनुपर्ने बताएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोका सहयोगी राष्ट्रहरू अफगानिस्तानमा अग्रपंक्तिबाट अलि पछाडि नै बसे भन्ने अभिव्यक्ति दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

    शुक्रबार अफगानिस्तान युद्धमा ज्यान गुमाएका नेटो सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रिन्स ह्यारीले भने, “मैले त्यहाँ सेवा गरेको छु। मैले त्यहाँ आजीवन मित्रता बनाएको छु। र मैले त्यहाँ आफ्ना साथीहरू गुमाएको छु।” प्रिन्स ह्यारी दुईपटक अफगानिस्तानमा तैनाथ भएका थिए। उक्त द्वन्द्वमा ज्यान गुमाएका नाटो सैनिकहरूमध्ये ४५७ जना बेलायती सैनिक पनि रहेका छन्।

    प्रिन्स ह्यारीले बिहीबार एक अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले दिएका विवादास्पद टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन्।

    ट्रम्पको उक्त अभिव्यक्तिको अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले आलोचना गरेका छन्। बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले ती टिप्पणीलाई अपमानजनक र साँच्चिकै निन्दनीय भनेका छन्।

    ९/११ आक्रमणपछि नाटोको सामूहिक सुरक्षा धाराअन्तर्गत अमेरिका समर्थित कारबाही सुरु भएपछि बेलायतसहित अन्य राष्ट्रहरू अफगानिस्तानमा अमेरिकासँगै सहभागी भएका थिए।

    प्रिन्स ह्यारीले भने, “सन् २००१ मा नाटोले इतिहासमै पहिलो र एकमात्र पटक अनुच्छेद ५ लागू गरेको थियो। यसको अर्थ प्रत्येक सहयोगी राष्ट्र अफगानिस्तानमा साझा सुरक्षाको उद्देश्यसहित संयुक्त राज्य अमेरिकाको साथ उभिन बाध्य थियो। सहयोगी राष्ट्रहरूले त्यो आह्वान स्वीकार गरे।”

    उनले थपे, “हजारौँ मानिसहरूको जीवन सधैँका लागि बदलियो। आमाबाबुले आफ्ना छोराछोरीलाई गुमाए। बालबालिका आमाबाबु विहिन नै भए। परिवारहरूले आजसम्म त्यसको पीडा बोकेर बाँचिरहेका छन्।

    “ती बलिदानहरूबारे सत्य र सम्मानका साथ कुरा गरिनुपर्छ, किनकि हामी सबै कूटनीति र शान्तिको रक्षा गर्न एकताबद्ध र प्रतिबद्ध छौँ।”

    एस एन न्युज बाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend