२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • अजिरकोट गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो बैठक...

अजिरकोट गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो बैठक सम्पन्न

अजिरकोट गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो बैठक सम्पन्न

सहर्ष न्युज
शुक्रवार, माघ ३ २०८२
सहर्ष न्युज
शुक्रवार, माघ ३ २०८२
  • अजिरकोट : अजिरकोट गाउँपालिकाले १८औँ गाउँसभाको पहिलो बैठक सम्पन्न गरेको छ। बैठकमा विभिन्न विधेयक संशोधन तथा पेश, अर्धवार्षिक समीक्षा र गाउँपालिकासम्बन्धी विविध विषयमा छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो।

    ajirkot gaun 2.jfif

    गाउँसभामा उपाध्यक्ष अनिता भुजेलले वार्षिक योजनामा समसामयिक संशोधन प्रस्ताव तथा न्यायिक समितिको प्रतिवेदन पेश गर्नुभयो। त्यस्तै, कार्यपालिका सदस्य मनोज गुरुङले बेरुजु फस्र्योटसम्बन्धी कार्यविधि र लेखा समिति कार्यसञ्चालन कार्यविधि सभामा प्रस्तुत गर्नुभयो।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक कार्यपालिका सदस्य बाबुराम अधिकारीले पेश गर्नुभएको थियो भने गाउँसभा सचिवालय सञ्चालन कार्यविधि कार्यपालिका सदस्य सलिन परियारले प्रस्तुत गर्नुभयो।

    ajirkot gaun 1.jfif

    यसैगरी सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, सेवा प्रवाह, सुशासन तथा संस्थागत क्षमता विकास समिति लगायत विषयगत समितिहरूका संयोजक तथा सदस्यहरूले समग्र पालिकाको प्रगति प्रतिवेदन पेश गरेका थिए।

    “बैठकमा विभिन्न कार्यविधि र प्रतिवेदन पेश गरिएको छ, तर ती पारित हुन बाँकी छन्,” प्रमुख प्रशासकीय अधिकृत पन्थीले भन्नुभयो, “पेश भएका विषयहरू अर्को बैठकमा विस्तृत छलफल गरी पारित गरिनेछ।”

    ajirkot gaun.jfif
    undefined

    अजिरकोट गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४६ करोड ८५ लाख २९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो। हालसम्म चालुतर्फ करिब २५ प्रतिशत र पुँजीगततर्फ ५ प्रतिशत बजेट खर्च भएको छ। समग्रमा करिब २१ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिनुभयो।

    गाउँसभा गाउँपालिका अध्यक्ष दीपक देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा गाउँपालिकाको विकास निर्माणको अवस्था र हालसम्म सम्पन्न कार्यहरूको समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend