२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवाका...

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

    गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिको मिति २०८२ साल पौष २८ गते बसेको बैठकको निर्णयअनुसार उक्त सिफारिस सूची प्रकाशित गरिएको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूची सार्वजनिक गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रकाशित सूचीअनुसार पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहन बहादुर खाँण, श्याम अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि ओली, प्रदीप कुमार सिंह र दिपक भारती बढुवाका लागि सिफारिसमा परेका छन्।

    सिफारिसमा परेका अधिकृतहरू नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, विशेष सुरक्षा गण, तालिम केन्द्र तथा विभिन्न विशेष ब्यूरोहरूमा कार्यरत रहेका छन्।

    बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार प्रक्रियाअनुसार अन्तिम निर्णय पश्चात उनीहरूलाई प्रहरी उपरीक्षक पदमा पदस्थापन गरिनेछ।

     

     
     
     

    प्रतिक्रिया दिनुहोस्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend