२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • जेनजी आन्दोलनमा ७ अर्ब ४४ करोड...

जेनजी आन्दोलनमा ७ अर्ब ४४ करोड बराबरको सरकारी सवारी साधनमा क्षति

जेनजी आन्दोलनमा ७ अर्ब ४४ करोड बराबरको सरकारी सवारी साधनमा क्षति

सहर्ष न्युज
सोमवार, पौष २८ २०८२
सहर्ष न्युज
सोमवार, पौष २८ २०८२
  • काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका सरकारी सवारी साधनमध्ये केवल १० प्रतिशतको मात्रै बीमा भएको पाइएको छ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आन्दोलनमा ८ हजार ४३० वटा सवारी साधन क्षतिग्रस्त भए, तर बीमा भएको सवारी साधन मात्र ८४८ वटा रहेको छ।

    प्रतिवेदनअनुसार सवारी साधनको कुल क्षति ७ अर्ब ४४ करोड रुपैयाँ बराबर छ, तर बीमाले कभर गर्ने रकम ७६ करोड रुपैयाँ मात्रै रहेको छ।

    क्षतिग्रस्त सवारी साधनमा हेभी सवारी साधन, मिनी बस/ट्रक, कार/जीप/भ्यान र मोटरसाइकल समावेश छन्। सबैभन्दा बढी क्षति मोटरसाइकल (५ हजार ९४३ वटा) र कार/जीप/भ्यान (१ हजार ६११ वटा) मा पुगेको छ।

    विशेषज्ञहरूले कम बीमा भएको अवस्था सरकारी सम्पत्तिको जोखिम बढाउने बताउँदै पुनर्निर्माण र बीमा व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend