२०८३ भाद्र २८ गते आइतवार

images

नर्वेमा विद्युतीय कारको बिक्री ९४ प्रतिशत

नर्वेमा विद्युतीय कारको बिक्री ९४ प्रतिशत

सहर्ष न्युज
मंगलवार, भाद्र १८ २०८१
सहर्ष न्युज
मंगलवार, भाद्र १८ २०८१
  • ओस्लो । नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ । यो नयाँ विश्व कीर्तिमान हो । युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ ।

    नर्वेजियन रोड फेडरेशन (ओएफभी) का अनुसार टेस्ला मोडल वाईले बिक्रीको १८.८ प्रतिशत हिस्सा ओगटेको र केही हदसम्म हुन्डाईको कोना र निसानको लिफले पनि बजार लिएको छ ।

    नर्वेलीहरूले अगस्टमा १० हजार ४८० नयाँ ईभीहरू किनेका छन् । युरोपमा अन्य ठाउँमा उच्च मूल्य र अपर्याप्त पूर्वाधारले ईभीको बिक्रीमा बाधा रहेको समयमा नर्वेले यो कीर्तिमान् बनाएको हो ।

    “विद्युतीय कारको प्रयोगका शिलशिलामा हेर्दा विश्वको कुनै पनि देश नर्वेको नजिक छैन,” ओएफपी निर्देशक ओभिन्ड सोलबर्ग थोरसेनले एक विज्ञप्तिमार्फत भन्नुभयो ।

    “यदि यो प्रवृत्ति जारी रह्यो भने, हामी चाँडै सन् २०२५ सम्म शत प्रतिशत शून्य उत्सर्जन कारहरूको हाम्रो लक्ष्य हासिल गर्ने बाटोमा छौं,” उहाँले थप्नुभयो ।

    युरोपेली अटोमोबाइल उत्पादक सङ्घका अनुसार, जुलाईमा ईयूमा नयाँ कार बिक्रीको विद्युतीय कारले १२.१ प्रतिशत, ३३।४ पेट्रोलबाट चल्ने कारले प्रतिशत, पूर्ण हाइब्रिड कारले ३२ प्रतिशत र डिजेल कारले १२।६ प्रतिशत हिस्सा ओगटेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend