काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत रहेका ७ जना नगर प्रहरी निरीक्षक नगर प्रहरी नायव उपरीक्षकमा बढुवा भएका छन् । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको उपस्थितिमा नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
११ पुसमा बसेको ४५ औँ कार्यपालिका बैठकले बलमा रिक्त सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुस १४ गते बढुवा गर्ने निर्णय गरेका थिए । त्यस अनुसार वरिष्ठ नगर प्रहरी निरीक्षकहरू लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल डीएसपीमा बढुवा भएका हुन् ।
