२०८३ भाद्र २८ गते आइतवार

images

राजनीतिक स्वार्थका लागि बैंक कर्मचारीमाथि आक्रमण सह्य हुँदैन: अध्यक्ष कोइराला

राजनीतिक स्वार्थका लागि बैंक कर्मचारीमाथि आक्रमण सह्य हुँदैन: अध्यक्ष कोइराला

सहर्ष न्युज
सोमवार, पौष १४ २०८२
सहर्ष न्युज
सोमवार, पौष १४ २०८२
  • काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रको राजनीतिसँग कुनै सम्बन्ध नरहेकाले यस क्षेत्रमा आक्रमण गर्न बन्द गर्न आग्रह गरेका छन्।

    सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेका धरपकड, धम्की र आक्रमण सह्य नहुने स्पष्ट पारे। यस्ता गतिविधि नरोकिए आफूहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिए।

    कार्यक्रममा अध्यक्ष कोइरालाले भने, “राजनीतिसँग हाम्रो कुनै लेनदेन छैन। कसले के राजनीति गर्छ भन्ने विषयमा हाम्रो चासो पनि हुँदैन। तर राजनीतिक स्वार्थ पूरा गर्ने क्रममा बैंकका कर्मचारीमाथि धरपकड, धम्की, त्रास सिर्जना गर्ने, कालोमोसो दल्ने वा जुत्ताको माला लगाउनेजस्ता गतिविधि भए भने हामी बैंकर्सले त्यसलाई सहेर बस्दैनौँ।”

    आफ्नो स्वार्थ पूरा गर्न बैंकका कर्मचारीमाथि हुने आक्रमणको कडा विरोध गर्ने उनले बताए। बैंकिङ क्षेत्रले करिब ५० हजार नेपालीलाई रोजगारी दिएको उल्लेख गर्दै यस्ता गतिविधिले कर्मचारी र उनीहरूको परिवारमा पर्ने मानसिक र सामाजिक असरबारे पनि सोच्न आग्रह गरे।

    अध्यक्ष कोइरालाले केही समयअघि ज्योती विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति समेत आपत्ति जनाए। नेपाल कानूनी राज्य भएकाले सबैले कानुनको पालना गर्नुपर्ने र यस्ता अवाञ्छित गतिविधि तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ।

    नियामक निकाय तथा बैंकिङ कसुरसम्बन्धी ऐन–कानुनहरू विद्यमान रहेकाले बैंकिङ क्षेत्र त्यसैको दायराभित्र रहेर अघि बढ्ने उनले स्मरण गराए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend