काठमाडौं । गृह मन्त्रालयले विभिन्न पदमा कार्यरत १३ जना सहसचिवको सरुवा तथा जिम्मेवारी पुनः तोकेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबार उक्त सरुवा गरिएको हो।
केही समयअघि अन्य मन्त्रालयबाट गृह मन्त्रालयमा आएका सात जना सहसचिवमध्ये छ जनालाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा खटाइएको छ। बाँकी एक जना सहसचिव शशिकुमार घिमिरेलाई भने कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रालयका अनुसार प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।]

