सर्हष न्युज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा विद्युुतीय सवारीसाधनको बर्चश्व देखिएको छ । अटो शोमा विभिन्न कम्पनीका बाइक, स्कुटर, कार, पिक अप तथा हाइस भ्यानहरु राखिए पनि मुख्य गरी विद्युतीय सवारीसाधनको आकर्षण देखिएको छ ।
विगतका वर्षहरुमा देखिने प्रेट्रोलियम सवारी साधनहरुलाई यस बर्ष विद्युतीय गाडीहरुले विस्थापित गर्ने प्रयास गरिरहेको ग्राहकहरुको आकर्षणले पुष्टी गर्दैछ ।
बैंक वित्तीय संस्थाले अटो लोनलगायका वित्तीय आवश्यकतालाई पुरा गर्ने गरी स्टलहरु समेत राखिएको छ । बैंक वित्तीय संस्थाहरु समेतले विशेषगरी विद्युतीय सवारी साधन खरिद गर्न खरिदकर्तालाइ प्रोत्साहित गरिरहेको पाइन्छ ।
हेर्नुहोस् भिडियो





