२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • बाढीले क्षतिग्रस्त नेसनल हाइड्रोलाई पूर्वअवस्थामा फर्काउन...

बाढीले क्षतिग्रस्त नेसनल हाइड्रोलाई पूर्वअवस्थामा फर्काउन तिस करोड लाग्ने अनुमान

बाढीले क्षतिग्रस्त नेसनल हाइड्रोलाई पूर्वअवस्थामा फर्काउन तिस करोड लाग्ने अनुमान

सहर्ष न्युज
शुक्रवार, भाद्र १४ २०८१
सहर्ष न्युज
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । बाढीले क्षतिग्रस्त नेसनल जलविद्युत आयोृजना मर्मत गर्न ठूलो लगानी लाग्ने भएको छ । क्षतिग्रस्त उक्त जलविद्युत आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढी रकम लाग्ने कम्पनीले अनुमान गरेको हो । नेपालीको मात्र लगानीमा निर्माण भई विद्युत् उत्पादन गरिरहेको ७।५ मेगावाटको उक्त हाइड्रोपावर गएको असार ३१ गतेको बाढीले क्षति पुर्‍याएको थियो । बाढीले आयोजनाको पावर हाउसको स्विचयार्डलगायतका संरचनामा क्षति पुर्‍याएको थियो ।

    आयोजनाका स्टेसन म्यानेजर इन्जिनियर वसन्तलाल कर्णले बाढीको भेलले निरन्तर रूपमा पावर हाउसलगायतका संरचनालाई दबाब दिँदै आएकाले बाढीबाट आयोजना अति जोखिममा रहेको बताउनुभयो ।

    २०७८ असार १ गतेको याङ्ग्री लार्केको भीषण बाढीले भे्रमाथाङदेखि सोहोर्‍याएर ल्याएको गे्रगानले बगरलाई धेरैमाथि उठाएपछि सामान्य बाढी पनि उक्त हाइड्रोमा पस्ने गरेको थियो । गत असार ३१ गते राति आएको बाढीले संरचनामा क्षति पुर्‍याएका उहाँले बताउनुभयो । बाढीले ठुला ठुला ढुङ्गा, गेग्य्रान, माटोलगायतका वस्तु पावर हाउसभित्र पसेको छ ।

    उक्त क्षतिग्रस्त आयोजनामा पसेको बाढीले थोपरेको ढुङ्गा, गेग्य्रानलगायतका वस्तु पन्छाउन र मेलम्ची पेट्रोल पम्पनजिकैको ट्रान्समिसन लाइनको टावरलाई क्षति पुगेका कारण आयोजना जोखिममा रहेको छ । अहिले आयोजनालाई अस्थायी व्यवस्थापन गरी सञ्चालन गरिएको छ । बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न ३० देखि ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको कर्णले बताउनुभयो ।

    आयोजना एक महिना बन्द हुँदा झन्डै सवा दुई करोड नोक्सानी बेहोर्नु परेको आयोजनाले जनाएको छ । साथै ड्याम क्षेत्र आउजाउ गर्ने सडकको भाग पनि बाढीले बगाएको छ । अहिले पनि निरन्तरको बर्सातले सो आयोजनालाई क्षति पुर्‍याउँदै आएको छ । जोखिम मोलेरै प्राविधिकले अहिले पनि विद्युत् उत्पादन गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend