२०८३ श्रावण १३ गते बुधवार

images

एमालेका प्रभावशाली नेता काशीनाथ अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदाको घोषणा

एमालेका प्रभावशाली नेता काशीनाथ अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदाको घोषणा

सहर्ष न्युज
शुक्रवार, पौष ४ २०८२
सहर्ष न्युज
शुक्रवार, पौष ४ २०८२
  • काठमाडौँ : नेकपा एमालेका संगठन विभागका निवर्तमान प्रमुख एवं प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिने बताएका छन्। अधिकारीले पार्टीका कार्यकारी जिम्मेवारी र कमिटीहरूबाट अलग हुने निर्णय सार्वजनिक समेत गरेका छन्।

    पचास वर्ष लामो राजनीतिक यात्रा गरेका अधिकारीले नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता नभएको र राजनीतिकर्मी रहेको बताएका छन्। अधिकारीले विगतको समीक्षा गर्दै आफूले सधैँ इमान र निष्ठाको राजनीति गरेको र पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको बताए।

    आफूले कहिल्यै पद र अवसरका लागि मरिहत्ते नगरेको स्पष्ट पार्दै अधिकारीले एउटा असल कम्युनिष्ट बन्ने सपना बोके पनि सबै मानकहरू पूरा गर्न नसकेको स्वीकार गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend