काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत सोमबार सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज बढ्दै नयाँ रेकर्ड कायम भएको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
लगातार दुई दिनदेखि चाँदीले नयाँ उच्च मूल्य रेकर्ड बनाइरहेको महासंघले जनाएको छ।
