२०८३ भाद्र २७ गते शनिवार

images

कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न पर्यटन मन्त्री पाण्डेको निर्देशन

कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न पर्यटन मन्त्री पाण्डेको निर्देशन

सहर्ष न्युज
बिहिवार, भाद्र १३ २०८१
सहर्ष न्युज
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताउनुभएको छ ।

    बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।’’

    मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गर्नुभयो।

    उहाँले मन्त्री,सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै इमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिनुभयो । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आउनुभएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend