२०८३ भाद्र २८ गते आइतवार

images

सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८०० मा कारोबार हुँदै

सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८०० मा कारोबार हुँदै

सहर्ष न्युज
आइतवार, मंसिर २९ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर २९ २०८२
  • काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेर कारोबार भइरहेको छ ।

    शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको थियो । 

    त्यस्तै चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । यसअघि चाँदी तीन हजार ९०५ रुपैयाँ पुगेको थियो । 

    यसरी सुन तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदी ८० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend