२०८३ भाद्र २७ गते शनिवार

images

प्रभु बैंक भित्रको बदमासीले संस्थापक दिक्क, २२ हजारभन्दा बढी सेयर बिक्रीमा

प्रभु बैंक भित्रको बदमासीले संस्थापक दिक्क, २२ हजारभन्दा बढी सेयर बिक्रीमा

सहर्ष न्युज
आइतवार, मंसिर २९ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर २९ २०८२
  • काठमाडौं । प्रभु बैंकभित्र देखिएका आन्तरिक विवाद र बदमासीका कारण संस्थापक सेयरधनीहरू दिक्किन थालेका छन् । यससँगै बैंकका केही संस्थापक सेयरधनीहरूले बैंकबाट बाहिरिने तयारी थालेका छन् ।

    यसैक्रममा बैंकका दुई जना संस्थापक सेयरधनी सन्ध्या थापा क्षेत्री र प्रताप श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकसम्बन्धी विषयमा अनुसन्धान गरिरहेकै समयमा उनीहरूले सेयर बिक्री प्रक्रिया अघि बढाएका हुन् ।

    बैंकका अनुसार सन्ध्या थापा क्षेत्री र प्रताप श्रेष्ठले आफ्नो नाममा कायम रहेको संस्थापक सेयर बिक्री गर्न इच्छुक भई आवश्यक प्रक्रिया पूरा गर्दै बैंकसमक्ष निवेदन दिएका थिए। सोही आधारमा बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि १५ दिने सूचना प्रकाशित गरेको हो ।

    सन्ध्या थापा क्षेत्रीको नाममा १६ हजार ८८ कित्ता र प्रताप श्रेष्ठको नाममा ६ हजार ८५२ कित्ता गरी कुल २२ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयर हालका विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन् ।

    यदि तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद नभएमा, नेपाल राष्ट्र बैंकले तोकेबमोजिम ‘फिट एण्ड प्रोपर टेस्ट’ का मापदण्ड पूरा गर्ने आवश्यक कागजातसहित सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याइने बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend