२०८३ श्रावण १० गते आइतवार

images

एमाले ११औँ महाधिवेशन उद्घाटन आज, बिपी मार्ग हुँदै करिब तीन हजार सवारीसाधन काठमाडौं प्रवेश

एमाले ११औँ महाधिवेशन उद्घाटन आज, बिपी मार्ग हुँदै करिब तीन हजार सवारीसाधन काठमाडौं प्रवेश

सहर्ष न्युज
शनिवार, मंसिर २८ २०८२
सहर्ष न्युज
शनिवार, मंसिर २८ २०८२
  • काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज हुँदैछ। उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट करिब तीन हजार सवारीसाधनमार्फत नेता, कार्यकर्ता र समर्थकहरू काठमाडौं प्रवेश गरेका छन्।

    सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत जिल्लाबाट बस, मिनिबस, जिप, कार र भ्यानसहित एमालेका नेता–कार्यकर्ताहरू राजधानी आएका हुन्। ती सवारीसाधनहरूमा एमालेका झण्डा र ब्यानर सजाइएका छन्।

    सिन्धुलीको खुर्कोट र नेपालथोकस्थित ट्राफिक प्रहरी चेकपोइन्टका अनुसार झण्डा–ब्यानर अङ्कित तथा निजी सवारीसाधनसमेत गरी करिब ३० हजारको हाराहारीमा मानिसहरू महाधिवेशनमा सहभागी हुन काठमाडौं गएको अनुमान गरिएको छ। मंसिर २६ गते बेलुकादेखि नै बिपी राजमार्गमा झण्डा र ब्यानरसहितका सवारीसाधनको लामो लर्को देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

    यसैबीच, बाढी–पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत रोशी खोलाको सडक खण्डमा पुनर्निर्माण कार्य जारी रहेकाले डाइभर्सन प्रयोग गर्नुपर्दा केही स्थानमा सवारी जाम भएको छ। यद्यपि, ट्राफिक प्रहरीले आवागमन सहज बनाउन निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ।

    राजधानी प्रवेश गर्ने पूर्वी नाका बिपी राजमार्गमा एमालेका झण्डा र ब्यानरले सजिएका सवारीसाधनको बाक्लो उपस्थिति देखिनुले महाधिवेशन उद्घाटनप्रति कार्यकर्ता र समर्थकहरूको उत्साह र व्यापक सहभागिता झल्किएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend