२०८३ श्रावण ११ गते सोमवार

images

बहुविवाह मुद्दामा नेपाल प्रहरी डीएसपी मधु नेपाल पक्राउ, ३ दिनको म्याद थप

बहुविवाह मुद्दामा नेपाल प्रहरी डीएसपी मधु नेपाल पक्राउ, ३ दिनको म्याद थप

सहर्ष न्युज
बुधवार, मंसिर २५ २०८२
सहर्ष न्युज
बुधवार, मंसिर २५ २०८२
  • रुपन्देही : बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा कार्यरत नेपाललाई उनकी पहिलो श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीले जानकारी दियो ।

    प्रहरीका अनुसार बहुविवाह सम्बन्धी मुद्दा दर्ता भएपछि डीएसपी नेपाल आफैँ हिजो साँझ उपस्थित भएका थिए । उपस्थित भएपछि उनलाई नियन्त्रणमा लिएर म्याद थप गरिएको हो । हाल नेपालमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको र बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    यससँगै नेपालकी दोस्रो श्रीमतीको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ। प्रहरी निरीक्षकका रूपमा बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज रहँदा उनी गाँजा कारोबारसँग सम्बन्धित आर्थिक लेनदेनमा संलग्न भएको ठहर भएपछि विभागीय कारबाहीमा परेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend