२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • प्राइम कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत...

प्राइम कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन

प्राइम कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन

सहर्ष न्युज
सोमवार, मंसिर २३ २०८२
सहर्ष न्युज
सोमवार, मंसिर २३ २०८२
  • काठमाडौं : प्राइम कमर्सियल बैंक लि.को संस्थापनादेखि लामो समयसम्म नेतृत्व गरेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायण दास मानन्धर ८३ वर्षको उमेरमा आज आइतबार निधन भएको छ ।

    सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइम कमर्सियल बैंकको सिइओ भएका थिए ।

    मानन्धरको निधन प्रति बैंकले दुख व्यक्त गरेको छ । ‘नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा वहाँ जत्तीको दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिकाका निर्वाह गर्नु हुने व्यक्तित्व विरलै हुनु हुन्छ’, बैंकले भनेको छ, ‘वहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ ।’

    बैंकले मानन्धरको आत्माको मोक्षकासाथ चीर शान्तिको कामना समेत गरेको छ । ‘यस दुःखद परिस्थितिमा वहाँको आफन्त परिवारजन तथा यस प्राइम कमर्सियल बैंक लि. परिवारलाई परमेश्वरले धैर्यधारण गर्न शक्ति प्रदान गरुन ।’, बैंकले भनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend