२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • चार बालबालिकाको रहस्यमयी मृत्युको पर्दाफास, सुन्दरताको...

चार बालबालिकाको रहस्यमयी मृत्युको पर्दाफास, सुन्दरताको कारण साइको आफ्नै आमाले लिएकी थिइन ज्यान

चार बालबालिकाको रहस्यमयी मृत्युको पर्दाफास, सुन्दरताको कारण साइको आफ्नै आमाले लिएकी थिइन ज्यान

सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौं । एक आमाले आफूभन्दा सुन्दर कोही नहोस् भनेर आफ्नै छोरासहित चार बच्चाहरूको ज्यान लिएकी छिन्। घटना भारत, हरियाणास्थित पानीपतको हो। त्यहाँकी पुनमले सुन्दरताको ईर्ष्यामा चार बालबालिकाको हत्या गरेको खुलासा भएको छ। 

    प्रहरीले पुनमलाई पक्राउ गरी सोधपुछ गर्दा सबै हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। पुनमको विवाहको तस्बिर पनि सार्वजनिक भएको छ। त्यसमा उनी रातो लहँगा र हातमा मेहन्दी लगाएर पतिसँग देखिएकी छिन्। उनका पति नवीन नजिकै कुर्सीमा बसेका छन्।

    पुनममाथि आफ्नो छोरा शुभमसहित चार बालबालिकाको हत्या गरेको अभियोग छ। उनले आफूभन्दा सुन्दर देखिने बालबालिकालाई देखिसहन नसकेको बयान दिएकी छन्। प्रहरीका अनुसार पुनमलाई मानसिक समस्या छ। उनीमाथि छोरा र आफन्तका तीन सन्तानको ज्यान लिएको आराेप छ। 

    चार जनाको ज्यान लिएको कुरालाई लिएर उनमा कुनै पश्चाताप पनि देखिएको छैन। परिवारले पहिले नै उनमाथि शंका गरेको थियो। तर अन्तिम पटक विधिको हत्यापछि उनीहरूले प्रहरीमा उजुरी गरेका हुन्। प्रहरीले पुनमलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

    जानकारी अनुसार सन् २०२३ मा उनले इशिका (९ वर्ष) र छोरा शुभम (४ वर्ष) को हत्या गरिन्। सन् २०२५ मा पुनमले जिया (८ वर्ष) र विधि (६ वर्ष) को ज्यान लिइन्। यी सबै हत्यामा डुबाउने विधि प्रयोग भएको थियो। परिवारले सुरुमा दुर्घटना ठानेका थिए। परिवारले तन्त्रमन्त्रको शंका गरे पनि प्रहरीले मानसिक रोग नै कारण ठहर्‍याएको छ।

    नवीनले सन् २०१९ मा पुनमसँग विवाह गरेका थिए। उनले  पुनमलाई कहिल्यै मानसिक रोगी ठानेनन्। तर उनी प्रायः निराश भएर आफ्नो माइतीघर जाने गर्थिन्। त्यतिबेला नवीनले श्रीमती यति हदसम्म जान सक्छिन् भन्ने कुरा कहिल्यै कल्पना पनि गरेका थिएनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend