२०८३ श्रावण १० गते आइतवार

images

खजुरीको ‘पफ’मा सीमाभन्दा बढी ट्रान्स फ्याट; तत्काल बजारबाट फिर्ता लैजान विभागको निर्देशन

खजुरीको ‘पफ’मा सीमाभन्दा बढी ट्रान्स फ्याट; तत्काल बजारबाट फिर्ता लैजान विभागको निर्देशन

सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादन गरिएको ‘पफ’ तत्काल बजारबाट फिर्ता लैजान आदेश दिएको छ।

    बजार अनुगमन क्रममा संकलित पफका नमुनाको प्रयोगशाला परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ तोकिएको अधिकतम सीमा भन्दा बढी भेटिएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ।

    परीक्षणमा सो मात्रा सीमा नाघेपछि विभागले खजुरी उद्योगले तोकिएको मापदण्ड पूरा नगरेको ठहर गर्दै उक्त उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ घोषणा गरेको छ।

    विभागले ललितपुर, गोदावरी–१० स्थित उद्योगबाट उत्पादित ब्याच नं. B1-3AB1-5A का पफहरू तत्काल बजारबाट फिर्ता गरी बिक्री–वितरण रोक्न निर्देशन दिएको छ। ऐनको दफा ३८ (२) र (४) बमोजिम विभागले यी उत्पादनको थप कारोबार नगर्न तथा नगराउन ताकेता गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend