२०८३ श्रावण १२ गते मंगलवार

images

हेटौँडामा सडक विस्तार : मुख्य बजारका अतिक्रमित घर–टहरा डोजर लगाएर हटाइँदै

हेटौँडामा सडक विस्तार : मुख्य बजारका अतिक्रमित घर–टहरा डोजर लगाएर हटाइँदै

सहर्ष न्युज
शनिवार, मंसिर २१ २०८२
सहर्ष न्युज
शनिवार, मंसिर २१ २०८२
  • हेटौँडा : हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेका अतिक्रमित घर तथा टहरा भत्काउने काम शनिबार बिहानैदेखि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक विस्तार अभियानलाई तीव्र बनाउँदै बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गरेको हो।

    सडकका दुवैतर्फ केन्द्र रेखाबाट २५/२५ गजभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने सूचनाअनुसार आज बिहानदेखि झन्डै आठवटा डोजर र स्काभेटर प्रयोग गरी बुद्धचोकदेखि सुमार्गी कम्प्लेक्स आसपासका घर टहराहरू भत्काइएका छन्। साथै बुद्धचोकदेखि चौकीटोलसम्मका अतिक्रमित संरचना हटाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ।

    सडक डिभिजन कार्यालयले मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गर्दै सडक सीमा अतिक्रमण गरिएका संरचना १५ दिनभित्र आफैं हटाउन अल्टिमेटम दिएको थियो। निर्धारित समय अन्त्य भएपछि सडक विस्तारका लागि डोजर चलाएर अतिक्रमित संरचना हटाइएको हो।

    स्थानीय प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा भइरहेको कार्यले बजार क्षेत्रमा थप भीडभाड र सुरक्षा सतर्कता अपनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend