२०८३ भाद्र २८ गते आइतवार

images

८०० ले बढ्यो सुन, चाँदी पनि ११० रुपैयाँ महँगो

८०० ले बढ्यो सुन, चाँदी पनि ११० रुपैयाँ महँगो

सहर्ष न्युज
बुधवार, मंसिर १८ २०८२
सहर्ष न्युज
बुधवार, मंसिर १८ २०८२
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारको सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ। आज चाँदीको मूल्य रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ।  

    मंगलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो।  

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend